सरकारले अघिल्लो हप्ता नै मंसिर ४ गतेका लागि संघीय र प्रदेश सदनका लागि आम निर्वाचनको घोषणा गरेको छ । सरकारले घोषणा गरेको आम निर्वाचनमा मुलुकका प्रमुख दलहरु कसैको पनि बिमति नरहेपछि अब मंसिर ४ गते चुनाव हुने लगभग निश्चित छ । चुनावको मिति घोषणासंगै चुनावी सरगर्मी बढ्नु स्वभाविक पनि हो ।

त्यसो त चुनावको दिन नजिकिदै गर्दा चुनावका लागि आम नागरिकहरुले बनाउने मनस्थितिका विषयमा पनि महत्व हुने गर्दछ । आम नागरिकहरु चुनावको विपक्षमा भएको देखिदैन । नागरिकहरुले आम चुनावलाई सहज रुपमा नै लिएका कारण पनि मंसिर ४ को चुनावमा समस्या रहेन ।

तर, आम नागरिकहरुले चासो दिनुपर्ने पर्ने कुरा निर्वाचनमा कस्ता उम्मेदवार आउछन भन्नेमा छ । नागरिकहरु निश्चयनै आफ्नो लागि इमान्दारिताका साथ काम गर्ने उम्मेदवारहरुको प्रतीक्षामा छन । एक किसिमले भन्ने हो भने जुनसुकै दलबाट भए पनि जनता पुराना र टेष्टेड उम्मेदवारको पक्षमा देखिदैनन । किन भने त्यस्ता नेताहरुले जनताको अपेक्षाअनुसार अहिलेसम्म कुनै खास काम गर्न नसकेको जनताको अनुभूति छ । तर आफूलाई नयाँ र जनपक्षीय दाबी गर्दै उम्मेदवार घोषणा गर्ने नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुप्रति पनि जनताको विश्वास जागेको पाइदैन ।

अहिले संसदका लागि भकाभक फेसबुकमा भए पनि उम्मेदवारी घोषणाको लहर नै देखिएको छ । यो फेसबुकमा घोषणा गरिएको उम्मेदवारीले कत्तिको सार्थकता पाउछ भन्ने कुरा चैं महत्वपूर्ण हो । नेपालमा ठूला दलहरुकै फेरि हालीमुहाली हुने भने संभावना उत्तिकै छ ।

Leave a Reply