नरेश गुप्ता

बरियारपुर,नेपाली कांग्रेस बाराद्वारा आयोजना गरिएको नवनिर्वाचित जनप्रतिनिधिको सम्मान तथा बधाई कार्यक्रममा जिल्ला सभापति राजेश राय यादव नै अनुपस्थित हुनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको लागि बुधवार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सभापति यादव अनुपस्थित हुनुभएको हो ।

पार्टी जिल्ला सभापति निर्वाचन ताका जिल्ला पार्टीभित्र देखिएको गुट उपगुटको बिवाद नटुङ्गिएकाले सभापति नै कार्यक्रममा अनुपस्थित हुनुभएको हो । कांग्रेसभित्र सभापति यादवको हैकमवादी शैलीका कारण कार्यसमितिका पदाधिकारीहरु समेत असंतुष्ट बनेका छन । कार्यक्रममा सभापति राजेश यादवको चर्को आलोचना समेत भएको थियो ।

गत बैशाखमा सम्पन्न स्थानीय तहका चुनावमा कलैया उपमहानगरपालिकाको नगर प्रमुखमा पराजित बनेपछि सभापति यादव पार्टी कार्यकर्ताप्रति थप अनुदार बन्दै आउनुभएको छ । निर्वाचनमा पराजित बनेपछि सभापति यादवले अहिले एकलौटी हिसाबले पार्टी चलाउन थालेको कार्यकर्ताहरुको गुनासो छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले लोकतन्त्रको सच्चा पहरेदार नेपाली काँग्रेस भएको बताउनुभएको छ । मुलुकको सबै राजनितिक परिवर्तनमा नेपाली काँग्रेसले अग्रणी भूमिका निर्वाहा गरेको भन्दै नेता यादवले देशलाई संकटबाट जोगाउने पनि कांग्रेश नै भएको बताउनुभयो ।

जिल्ला सभापति राजेश रायप्रति इङ्गित गर्दै उहाँले नेपाली काँग्रेस पार्टी जहिले पनि विधि र प्रक्रियाअनुसार सहमति, सहकार्य र एकताको माध्यबाट चल्ने पार्टीको रुपमा स्थापित भएको भए पनि जिल्ला सभापतिले सहमतिलाई कुल्चिएर एक तानाशाही प्रवृतिबाट पार्टी चलाउको आरोप लगाउनुभयो । पार्टीका पदाअधिकारीहरुलाईसमेत वाईपास गरि एकलौटी रुपमा पार्टी चलाउने गरेको आरोप लगाउनुभयो ।

सोही कार्यक्रममा बोल्दै संविधानसभा सदस्य लालबाबु सिंहले मेरो गोरुको बाह्ै टाँकामा भने जस्तो नगरी नेपाली काँग्रेसलाई बचाउन सभापतिको भुमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँले जिल्ला समितिका पदाअधिकारीहरुसंग समन्वय र सहकार्य गरेर पार्टी संचालन गर्न सभापति यादवसंग आग्रह गर्नुभयो । त्यसैगरी संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवले तानाशाही शासन लामो समयसम्म नचल्ने भन्दै सभापति यादवको पतनका दिन शुरु भएको बताउनुभयो । सभापति यादवले अझै पनि यसरी नै पार्टी चलाउने हो भने आफूहरुले पनि समान्नतर समिति निर्माण गर्ने उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्दै संविधानसभाकी सदस्य मधु शाहीले परिवारवादको राजनिति धेरै दिन नचल्ने बताउनुभयो ।

पार्टी जिल्ला सचिव भैयाराम यादवले सभापति यादव निर्वाचित भएको ४ महिना बितिसक्दा पनि जिल्ला कार्यसमितिको एक पटक पनि पुर्णबैठक राख्न नसकेको, जिल्ला संसदीय वोर्ड गठन गर्न नसकेको, कार्यसम्पादन समिति गठन गर्न नसकेको, अनुसशासन समिति र संघठन विभाग गठन गर्न नसक्नुले सभापतिको क्षमतामाथि पनि प्रश्न चिन्ह लागेको बताउनुभयो ।

नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला विकासका पूवसभापति राजेन्द्रप्रसाद यादव, पार्टीको पूर्व जिल्ला सभापति जयचन्द्र चौरसिया, नेता शम्भुबहादुर बुढोथोकी, रामानन्द यादव, कृष्णव्रत सिह, प्रभात चौरसिया, महागढीमाई मेयर उपेन्द्र यादव, आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहरप्रसाद साह, हरेन्द्र यादव, पेमासिद्धी लामा, बिजय गुप्ता, फुलमहम्द मंसुर, राजेश सिह, रामाकान्त साह, जोगेन्द्र कुशवाहा, नरेश गुप्ता, महिला नेतृहरु बबिता जयसवाल, मेघा शाही लगायतकाले आफनो बिचार व्यतm गरेका थिए ।

जिल्ला कार्यसमितिका सचिव राजेश रौनियारले संचालन गरेको कार्यक्रममा उपसभापति अमिरीलाल पालले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा महागढीमाई मेयर उपेन्द्र यादव, आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहरप्रसाद साह, उपाअध्यक्ष मिरा यादव, सुवर्ण गाँउपालिकाका उपाअध्यक्षसहित जिल्लाका विभिन्न पालिकामा नेपाली काँग्रेसबाट निर्वाचित प्रमु्ख र वडा अध्यक्षहरुलाई दोसल्ला र माला लगाएर सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here