राजकुमार यादव

मौलापुर,मौलापुर नगर विकासको आधार कृषि, पर्यटनसहितका पुर्वाधार भन्ने मुल नाराका साथ मौलापुर नगरपालिकाको नगरसभा शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य एवम पूर्वशहरी विकास मन्त्री प्रभु साहले दीप प्रज्वलन तथा बिरुवामा पानी हालेर नगरसभाको विधिवत उद्घाटन गरेपछि नगरसभा सुरु भएको हो ।

मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहको आदेशानुसार मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नगरसभामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ ।

बजेटमा नगरपालिकालाई कच्ची सडक मुक्त, फ्री वाईफाई, साक्षरता अभियान, निशुल्क पानी तथा व्यवसायिक खेती, असहायहरुसंग मेयर लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

नगर सभाले संघीय सरकार तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा अनुदान समेत गरी ३६ करोड ५७ लाख ३० हजार रुपैयाँको बजेट विनियोजित गरेको छ ।

आन्तरिक आम्दानीबाट अनुमानित एक करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट १० हरोड ५२ लाख र प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ७२ लाख ४५ हजार गरी वित्तीय समानीकरणतर्फ ११ करोड २४ लाख ४५ हजार बजेट विनियोजित गरिएको छ ।

त्यस्तै सशर्त अनुदानतर्फ संघीय सरकारबाट चालुतर्फ १२ करोड ५२ लाख र पूँजीगततर्फ २ करोड ३ लाख गरी १४ करोड ५५ लाख बजेट विनियोजित गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट विशेष अनुदानतर्फ ३० लाख, प्रदेश सरकारबाट समपूरक अनुदान अनुदानतर्फ २० लाख गरी कुल ५० लाख रुपैयाँ बजेट विनियोजित गरिएको छ ।

यसैगरी संघिय सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम ८ करोड १० लाख ८६ हजार र प्रदेश सरकारबाट राजस्व वाडफाडबाट प्राप्त हुने २४ लाख ५४ हजार गरी राजस्वबाट कुल ८ करोड ३५ लाख ४० हजार र आर्थिक वर्ष २०७८ ÷०७९ को खर्च हुन बाँकी अनुमानित रकम २० लाख समेत गरी नगर सभाले कुल ३६ करोड ५७ लाख ३० हजारको सिमाभित्र रही नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगरसभाले नगरको गैरवको आयोजनाहरु पुरातात्विक महादेव मन्दिर, एकिकृत जग्गा परियोजना, मौलापुर नयाँ शहर निर्माण, एकिकृत नमुना वस्ती विकास, बसपार्क निर्माण, पिकनिक पार्क, मोडेल प्राविधिक शिक्षालय आदिलाई पुर्णता दिन बजेटमा विशेष प्राथमिकता दिइएको छ ।

नगरपालिकाबाट प्रदान हुदै आएको सेवालाई पुर्ण रुपमा निशुल्क गरिएको नगर सभामा प्रमुख कार्यकारी अधिकृत साहले जानकारी दिनुभएको छ ।

कृषिमा प्रयोग हुने विजुली महशुल समेत निशुल्क गर्ने घोषणा नगरसभामा गरिएको उहाँले जानकारी दिनुभयो ।

नगर सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य एवम रौतहट जिल्लाका सहईन्चार्ज कुन्दन कुशवाहा, एमालेका मधेश प्रदेश कमिटीकी उपसचिव आरती भण्डारी, एमाले मधेश प्रदेश कमिटी सदस्य मनोज यादव, एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह, नगर उपप्रमुख नागेन्द्र यादव लगायतले मन्तव्य व्यक्त गर्दै नगर सभाले जनचाहना अनुरुपको बजेट ल्याएकोमा खुशी व्यक्त गरेका थिए ।

Leave a Reply