एउटा गज्जबको संयोग नै भन्नुपर्छ पर्सामा तीन दलका तीनजना अहिले मन्त्री परिषदमा सहभागी भएका छन् । वर्तमान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मन्त्री परिषदमा पर्सामा तीन पार्टीका तीन माननीयहरु मन्त्री बन्नुभएको छ ।
यो पर्सा जिल्लावासीका लागि खुसी र गौरव दुबै कुरा हो तर अवसर पाउदा केही नगरेको खण्डमा भने जिल्लावासीको खुसी पनि रहने छैन र गौरव गर्ने ठाउँ पनि रहने छैन ।

तीनजना मन्त्रीहरुले आफ्नो यो कार्यकालमा चाहेको खण्डमा पर्सा जिल्लाको कायापलट गर्न सक्ने क्षमता पनि छ र अवसर पनि आएको छ । यो सरकार चांडै ढलिहाल्नेवाला पनि छैन । कम्तीमा एक वर्ष नै मन्त्री परिषदमा बसेर काम गर्न पाएपनि त्यो काफी हुनेछ । जनताका लागि केही गर्न पाइएन र पार्टीले अवसर पनि दिएन भनेर गुनासो गर्ने तीनैजनाका लागि यो सुवर्ण अवसर पनि हो । मन्त्रीहरुले यसको भरपुर सदुपयोग गर्नसक्नु पर्छ ।यिनीहरु तीनजना मन्त्रीहरुले इमानदारिपूर्वक थोरै नै पहल गर्ने हो भने पनि पर्सामा केही न केही हुन्छ । तराई मधेसको जिल्ला भए पनि पर्सा देशका अन्य जिल्लाको तुलनामा अझै पछाडि नै छ ।

विकास निर्माणमा नै पर्सा पछाडि परेको अवस्था छ । शिक्षा र स्वास्थ्यको अवस्था पनि उस्तै छ । त्यसैले पनि कम्तीमा सरकारमा रहदासम्म आफ्नो मात्र स्वार्थ नहेरी जिल्लावासीको पनि हित हेरौं, पक्कै जिल्लामा केही हुनेछ र यो अवसरको सदुपयोग गर्दै केही गरौं पनि ।

Leave a Reply