निजगढ,नेकपा एमाले मधेस प्रदेश कमिटीले एमाले नेतृ लिलादेवी खनाललाई निजगढ नगरपालिका कमिटीको इन्चार्जको जिम्मेवारी दिएको छ ।मधेस प्रदेश कमिटीको बैठकले खनालसहित प्रदेश कमिटी सदस्यहरुलाई पालिका र प्रदेशसभा (क) र (ख) कमिटीको जिम्मेवारी तोकेको हो ।

मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलका अनुसार त्रिलोकी चौधरीलाई बारा क्षेत्र नम्बर १ प्रदेश सभा (क), ढुण्डीराज उप्रेतीलाई प्रदेशसभा (ख), किशोर शर्मा क्षेत्र नम्बर २ प्रदेश सभा (क),रामनाथ बैठ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) को इन्चार्जको जिम्मेवारी दिइएको छ ।त्यसैगरी पार्टीले अशोक तिवारीलाई क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) को जिम्मेवारी तोकिएको छ । उक्त क्षेत्रमाप्रदेश सभा (क) को इन्चार्ज भने हाललाई रिक्त नै राखिएको छ । त्यसैगरी पार्टीले देवनारायण चौधरी र मोविन आलमलाई क्षेत्र नम्बर ४ प्रदेश सभा (क) र (ख) को इन्चार्जको जिम्मा दिएको छ ।

त्यसैगरी पालिकातर्फ कोल्हबीमा ज्ञानु केस, बारागढीमा सुदर्शन कोइराला, आदर्शकोतवालमा दुर्गा कोइराला, करैयामाईमा सीता गुरुङ्ग, महागढीमाईमा राजेश साह, पचरौतामा जालन्धर सिंह, सुवर्णमा बन्दना सिंह, देवतालमा राजमहमद राय र फेटामा अमर यादव पार्टीको तर्फबाट इन्चार्ज तोकिनुभएको छ ।कलैया उपमहानगरपालिकामा रविन्द्र दास श्रेष्ठ, जीतपुरसिमरामा सुभद्रा न्यौपाने, परवानीपुरमा उमेश गुप्ता, प्रसौनीमा सुनिल पाल र विश्रामपुरमा धर्मदेव यादव इन्चार्ज बन्नुभएको छ ।सिम्रौनगढ नगरपालिकामा पनि हालको लागि पार्टी इन्चार्ज पद रिक्त नै राखिएको सचिव पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply