काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० गोलले हराएको छ । एपीएफका लागि रेनुका नगरकोटीले २ तथा सविता राना मगर, रश्मी घिसिङ, प्रीति राई र गीता रानाले समान १ गोल गरिन् ।
यो जीतसँगै एपीएफ ३ खेलमा ७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चन्द्रपुर ३ खेलमा २ अङ्कसहित सातौं स्थानमा छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।
त्यसैगरी एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले सङ्कटा क्लबलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा सोमवार नै भएको खेलमा वालिङले सङ्कटालाई १÷० गोलले हराएको हो । वालिङका लागि सिसी नानटोङ्गोले गोल गरिन् । यो जीतसँगै वालिङ ३ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सङ्कटा ३ खेलमा १ अङ्कसहित आठौं स्थानमा छ ।


















