नरेश गुप्ता

बरियारपुर,सुरक्षित खानेपानी योजना निर्माण कार्यक्रम अन्तर्गत महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित ईनरवामा निर्माण गरिएको खानेपानी ट्याङ्कीकोे शनिबार समुदायमा हस्तान्तरण गरिएको छ ।

महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले खानेपानी ट्याङ्कीको उद्धघाटन गर्दै समुदायमा हस्तान्तरण गर्नुभयो ।

नेपालको संविधान २०७२ ले खानेपानी तथा सरसफाइ सेवालाई आधारभूत मानव अधिकारको रुपमा स्थापित गरेकोले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच हुनुपर्ने नगर प्रमुख यादवले बताउनुभयो । सुरक्षित खानेपानी योजना निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिएको ट्याङ्की ब्रह्म बाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष राजेन्द्र पटेललाई हस्तान्तरण गरिएको छ ।

महागढीमाई नगरपालिका वडा नम्बर २ मा निर्माण गरिएको खानेपानी ट्याङ्कीबाट १ सय ११ घरधुरी लाभान्वित हुने भएको छ । ट्याङ्कीको क्षमता ४० हजार लिटर रहेको छ ।

युनिसेफ नेपालको योगदान ५७ लाख ४२ हजार ४४६, महागढीमाई नपाको योगदान ११ लाख २५ हजार ६३८ रुपैया, समुदायको अनुदान ७ लाख ५० हजार ४२५ रुपैया गरि जम्मा ७६ लाख १८ हजार ५ सय ९ रुपैयाको लागतमा खानेपानी ट्याङ्कीको निर्माण गरिएको जनजागरण युवा क्लबका निर्देशक श्रीनिवास बैठाले जानकारी दिनुभयो ।

ट्याङ्की हस्तान्तरण कार्यक्रममा युनिसेफ नेपालका वाश अफिसर बोधनारायण श्रेष्ठ, क्लबका बारा जिल्ला अध्यक्ष भैयाराम यादव लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply