जीतपुर,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि शान्तिपूर्ण वातावरणमा शनिवार मतदान सम्पन्न भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित नगर उद्योग वाणिज्य संघको कार्यालय परिसरमा मतदान सम्पन्न भएको हो ।

कुल १३ सय ५ जना मतदाता रहेको नगर उद्योग वाणिज्य संघको निर्वाचन साँझ ५ बजेसम्म निर्वाचन भएको थियो । कुल मत मध्ये उद्योगतर्फ ८१ मत, वाणिज्यतर्फ ८९२ मत र एसोसिएटतर्फ जम्मा ४ मत खसेको प्रमुख निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार १३ सय ५ मत मध्ये ९ सय ७७ मत मात्र खसेको छ ।

मतदानबाट वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, वाणिज्यतर्फको सचिव, उद्योगतर्फको ३ जना सदस्य, वाणिज्यतर्फको ७ जना सदस्य चुनिने छन ।

संघको विधान अनुसार पछिल्लो चुनावमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएका मोहन शर्मा लामिछानेलाई स्वतः अध्यक्ष पदमा चयन हुनुभएको छ ।

Leave a Reply