जीतपुर,बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन समितिले विभिन्न पदका उम्मेदवारहरुको अन्तिम नाम प्रकाशन गरेको हो ।

असार ११ गते हुने निर्वाचनको कार्यतालिका अनुसार १९ पदका लागि ५४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । संघको अध्यक्षका लागि मोहनप्रसाद शर्माको एकल उम्मेदवारी परेकाले शर्मा निर्विरोध चयन भइसक्नुभएको छ । संघको विधानमा बरिष्ठ उपाध्यक्षले मात्रै अध्यक्षमा उम्मेदवारी दिन पाउने प्रावधान रहेकोले शर्माको मात्रै उम्मेदवारी परेको हो ।

यसअघि बरिष्ठ उपाध्यक्ष रहनुभएका शर्माको एकल उम्मेदवारी परेसँगै संघको अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको छ ।

संघको बरिष्ठ उपाध्यक्षका लागि मनोज कुमार गुप्ता, रामचन्द्र पौडेल, ओमप्रकाश गुप्ता, अनिलकुमार साह र दिनेशप्रसाद कलवारले उम्मेदवारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here