नरेश गुप्ता
बरियारपुर –  सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक सैलेन्द्र खनाल आईतवार बिहानै शक्ति पिठ गढीमाईमा पुजापाठ गर्नु भएको छ । धार्मिक स्थल गढीमाईको दर्शन गर्न बिहानै गढीमाई मन्दिर आउनु भएका खनालको स्वागतमा स्थानिय तह ,मन्दिर बिकास समितिले फुलमाला लगाई स्वागत गरेको थियो ।

 

 

 

 

 

 

महानिर्देशक खनालले गढीमाई मन्दिर क्षेत्रको बिकासमा स्थानिय तह , संघ ,प्रदेश सबैको साझा जिम्मेवारी भएको बताउनु भयो । शान्ति सुरक्षा ,तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले सिमा नाकामा रातदिन खटेको बताउदै सिमा नाकामा हुने गरेको अपराधिक क्रियाकलाप पुर्ण रुपमा समाप्त गर्ने वहाले बताउनु भयो । गढीमाई दर्शन पछि सशस्त्र प्रहरी बलका महानिरीक्षक सिमा नाकामा रहेको बोर्डर आउट पोष्ट, बेस क्याम्पको निरिक्षणको लागि त्यस तर्फ लाग्नु भएको थियो ।

 

 

 

 

 

 

सशस्त्र प्रहरी बलका महानिरीक्षक खनालले स्थानिय राजनैतिक दलका प्रतिनिधि रामबाबु यादव , गढीमाई मन्दिर बिकास समितिको अध्यक्ष रामचन्द्र साह , नगर प्रमुख उपेन्द्र प्रसाद यादवलाई भेट गर्नु भएको थियो । सो अवसरमा प्रदेश न २ को डि आई जि राजु अर्याल सशस्त्र प्रहरी बल १२ नम्बर गणको गुल्मपती दिग बिजय सुवेदी लगायत सुरक्षाक्रमिको सहभागिता रहेको थियो ।

Leave a Reply