कलैया,बारा जिल्लामा चालु आर्थिक वर्षमा किसानहरुले कुल १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानको खेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

किसानहरुले भदैया, अगहनी धानभन्दा बढी उत्पादकत्व भएको हुनाले आफ्नों साधन(स्रोतबाट सिँचाइको राम्रो व्यवस्था गरेका कारण चैते धान खेतीतर्फ कृषक आकर्षित भई प्रत्येक वर्ष चैते धानको खेती वृद्धि हुँदै गएको ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले बताउनुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७७(०७८ मा कृषकले कुल १२ हजार ११५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेका थिए । गत वर्ष भदैया धान प्रतिहेक्टर ४.३ मेट्रिक टन, अगहनी धान ४.१५ मेट्रिक टनका दरले उत्पादन भएको थियो । यस वर्ष कृषकले हर्दिनाथ १, चैते १, २, र चैते ४ जातको धान खेती १५ हजार ५१० हेक्टर क्षेत्रफलमा गरेको कृषि ज्ञान केन्द्रका कृषि विज्ञ राजकरण चौरसियाले जानकारी दिनुभयो । चैते धान प्रतिहेक्टर ४.६३ मेट्रिक टनका दरले ६९ हजार ९७२ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ ।

Leave a Reply