वीरगञ्ज,नेकपा एमाले पकाहाँमैनपुर गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।वीरगञ्ज महानगरपालिका–२४ स्थित मनमोहन नगरमा रहेको एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अधिवेशनका अध्यक्ष मण्डल सदस्य तेजप्रकाश निषादको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले पर्सा जिल्ला क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिव सुमित रौनियार र एमाले केन्द्रीय सदस्य, पर्सा इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य प्रभु हजरा प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

वैशाख २१ गते सम्पन्न अधिवेशनको अध्यक्ष मण्डलको बैठकबाट सर्वसम्मतिमा अकलेशकुमार साह अध्यक्षमा चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा सन्तोषकुमार चौरसिया, सचिवमा राजेश सहनी, उपसचिवमा रामबाबु प्रसाद चौरसिया र महिला उपसचिवमा चाँदनी देवी चयन भएका छन् ।कार्यक्रममा नेताहरूले नवनिर्वाचित कमिटीलाई बधाई दिँदै सङ्गठन विस्तार, सुदृढीकरण तथा स्थानीय स्तरमा पार्टीको भूमिका अझ प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

Leave a Reply