कोल्हबी सम्वाददाता
बारा जिल्लाको कोल्हबीमा नेपाल बुद्धिजिवी परिषदको नगर कमिटि गठन भएको छ । सो नगर कमिटिको अध्यक्षमा प्रेम बहादुर गौतमलाई सर्व सहमतीबाट चयन गरिएको हो ।
उक्त कार्यक्रममा अध्यक्षताको आशन ग्रहण गर्नु भएको किशोरी चौधरी र प्रमुख अतिथी राधेश्याम शिवाकोटीको रोहबरमा २५ सदस्यीय कमिटी गठन गरिएका छन् । कार्यक्रममा बिशिष्ट अतिथीहरु केवल प्रसाद चौधरी, यादव तिमिल्सीना, टिना सुवेदी, ज्ञानु केसी, ढुन्डीराज उप्रेती तथा अतिथिको रुपमा पुरनदेव चौधरी, नन्देश्वर चौधरी, पृथ्वीराज शिवाकोटी, अनुप सुवेदी, युवराज मैनाली, हरी पराजुलीको उपस्थिती रहेका थिए ।
ुसो कार्यक्रमले कमिटिको अध्यक्षमा प्रेम बहादुर गौतम संगै उपाध्यक्ष पदमा मुक्तिनारायण चौधरी, सचिव पदमा गजेन्द्र चौधरी, सहसचिवमा राधाकृष्ण चौधरी र नेत्र पौडेल तथा कोषाध्यक्ष पदमा बबिता चौधरी लगायत २५ सदस्यीय समिति सर्व सहमतीबाट गठन गरी बुद्धिजिवी परिषद नेपालका जिल्ला अध्यक्ष यादव तिमिल्सीनाले घोषना गर्नु भएको कार्यक्रमका संचालक अर्जुन पराजुलीले बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य युवराज मैनालीले गर्नु भएको थियो भने यादव तिमिल्सीना, टिना सुवेदी, केवल प्रसाद चौधरी तथा प्रमुख अतिथि शिवाकोटी लगायतका बुद्धिजिवीहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।


















