बिदुर खडका

डुमरवाना,जीतपुरसिमरा औद्योगिक नगरका नगर प्रमुख राजन पौडेलले उद्योगी र व्यवसायीले नियमित रुपमा सम्पति कर बुझाएको खण्डमा जीतपुरसिमरा उपमहानगरपालिका देशको सबैभन्दा धनी नगरको रुपमा गणना हुने बताउनुभएको छ ।

जीतपुरसिमरा उपमहनगरपालिकाका राजस्व शाखाका प्रमुख राम शर्माले भने जीतपुरसिमरा नगर क्षेत्रभित्रका उद्योगी र व्यवसायीहरुलाई करको दायरमा ल्याउन तदारुकताका साथ काम भइरहेको बताउनुभएको छ ।

हालसम्मको तथ्याक अनुसार १ सय १ उद्योगी व्यवसायीहरुबाट नगरपालिकाले ७ करोड ५० लाख बक्यौता कर उठाउन बाँकी रहेको र सो संकलन गर्न कार्यालयबाट पत्राचार भएको पनि उहाँले बताउनुभएको छ ।

नगर क्षेत्रभित्र ५ करोडसम्म सम्पति हुनेलाई बार्षिक ९ हजार ५ सय रुपैया कर बुझाउनु पर्ने र त्योभन्दा माथि सम्पति भएकाहरुको हकमा दशमलब २५ प्रतिशतले वृद्धि हुने शर्माले जानकारी दिनुभयो ।

यता, देशकै मेरुदंण्डको रुपमा चर्चित जगदम्बा स्टीलले समेत १ करोड ८५ लाख सम्पति कर बुझाउन बाँकी रहेको छ भने देशकै उत्कृष्ट करदाताको रुपमा सम्मान पाउदै आएको सुर्य नेपालले समेत ५६ लाख सम्पति कर बुझाउन बाँकी रहेको कार्यालयमा तथ्याङ्कले देखाएको छ ।

Leave a Reply