शनिवार अर्थमन्त्री जर्नादन शर्मा वीरगन्ज आए । वीरगन्ज उद्योग बाणिज्य संघको कार्यक्रममा सहभागी भए र उनले यस क्षेत्रको आर्थिक विकासको सवालमा कुरा गरे । केही प्रतिबद्धता पनि व्यक्त गरे । जस्तै उनले बजेट भाषणमा भने जसरी नै बाराको निजगढ विमानस्थल बनताउने कुरा गरे र दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी मिल चलाउने कुरा गरे । अब यी दुई उनको प्रतिबद्धताको विषयमा यस क्षेत्रका आम नागरिकहरुले कसरी लिने ?

निजगढ विमानस्थलको कुरा गर्दा सर्वोच्चले हालसालै विमानस्थलको विकल्प खोज्न भनेको छ । सर्वोच्चको आदेशको अवज्ञा गर्दै मन्त्रीले कसरी विमानस्थल बनाउलान् भन्ने धेरैलाई लागेको जिज्ञासा हो । किनभने विमानस्थल बनाउने कुरा हलुवा र हावाको तालमा बन्ने कुरा होइन । यो बिषयमा मन्त्रीको भनाइ विश्वासिलो छैन ।

अब चिनी मिलको कुरा गरौं, चिनी मिल बन्द भएको पनि दुई दशक भइसकेको छ । दुई दशकको अवधिमा धेरै कुरा चिनी मिलको सवालमा भएको छ । चुस्त र दुरुस्त रहेको चिनी मिलका उपकरणहरु अहिले जीर्ण अवस्थामा रहेका छन् । अब यही अवस्थामा यो मिल संचालन गर्न सकिने अवस्था छैन । यो बिषयमा पनि मन्त्रीको कुरा हावदारी नै छ । नेताले बोल्ने हुन् गर्ने होइनन् भन्ने कुरा सायद अर्थमन्त्री शर्माको भनाइले पुष्टि गर्ला ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here