नरेश गुप्ता
बरियारपुर,ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले बरियारपुरले महागढीमाई नगरपालिकामा नवनिर्वाचि जनप्रतिनिधिलाई आइतवार सम्मान गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले महागढीमाई नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो सो अवसरमा सेवा केन्द्रले वृक्षारोपण कार्यक्रम समेत आयोजना गरेको छ ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाकी संचालिका मिना दिदीले नवनिर्वाचित नगर प्रमुख उपेन्द्रप्रसाद यादवलगायत वडा अध्यक्ष र वडा सद्स्य तथा कार्यपालिका सद्स्यहरुलाई टीका लगाएर र दोसाला ओढाएर समान गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख यादवले नवनिर्वाचित जनप्रतिनिधिहरु एउटै परिवारका सद्स्य जस्तो रहेको बताउनु भयो । नगरको विकासमा सबैले सहयोग र हातेमालो गर्न जरुरी रहेको उहाँको भनाइ थियो । आफूहरु जनताको सेवक भएको बताउदै उहाँले जनताले जनताको काम गर्न जिताएर पठाएकोले जनप्रतिनिधिहरुले आफ्नो कतव्र्यबाट कहिल्यै विमुख हुन नहुने बताउनुभयो । ‘जनताले विकास गर्नको निमित्त छनौट गरेर पठाएकोले उनीहरुको भावना अनुसार काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
त्यसैगरी सेवा केन्द्र कलैयाकी संचालिका मिना दिदीले सबैले आफ्नो कतव्र्य बुझेर काम गर्ने हो भने विकासको लक्ष्य प्राप्तिमा ठूलो सहयोग मिल्ने जानकारी दिनुभयो । सो अवसरमा नगर प्रमुख यादव र मिना दिदीले विभिन्न जातका विरुवाहरु पनि रोप्नु भएको थियो । कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बरियारपुरकी संचालिका गंगा थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।