बिदुर खडका बारा,डुमरवाना बहुमुखी कलेजको छैटौ कलेज सभामा स्थानीय राजनीतिक दलहरुबीच सहमति नजुटेपछि शनिवार स्थगित भएको छ ।
सभामा कलेज संचालक समितिको अध्यक्ष पदको लागि सर्वदलीय सहमति नजुटेपछि उद्धाटनमात्र गरेर सभा समापन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिहरु अनुपस्थित भएपछि स्थानीय जेष्ठ नागरिकद्धारा सभाको उद्धाटन गरिएको थियो ।
विवादका कारण अध्यक्ष चयन हुन नसकेपछि कलेज संचालक समितिको अध्यक्ष पदको छनौट भने आगामी दिनमा गरिने कलेजका शिक्षक किशोर शर्माले जानकारी दिनु भएको छ । केहि दिनअघि संञ्चालक समितिको सहमतिमा नेकपा एमालेका स्थानीय नेता अनिल मैनालीलाई अध्यक्ष बनाउने सहमति भएको भएपनि नेकपा माओवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिहरुले कलेजमा आर्थिक सहयोग गर्दै आउनु भएका अर्का स्थानीय तेजनारायण रायलाई अध्यक्ष बनाउनु पर्ने भन्दै अडान राखेपछि समितिको अध्यक्ष छनोट प्रकृया स्थगित गरिएको हो ।
कलेज सभा स्थगित भएपनि सभाको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम भने सफलतापूर्वक संम्पन्न भएको छ । रक्तदान कार्यक्रममा स्थानीय शिक्षक, विद्यार्थी र अभिभावक गरि ५० जनाले रगत दान गरेका थिए । रक्तदान गर्नेमा ४१ जना पुरुष र ९ जना महिला रहेका छन ।
रक्तदान कार्यक्रममा रक्तसंञ्चार केन्द्र वीरगन्जको टोलीले प्रविधिक सहयोग उपलब्ध गराएको थियो ।