वीरगञ्ज,सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म वीरगञ्जले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वास्थित विभिन्न नाकाहरुबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ११ लाख २३ हजार ८१८ बराबरको सामान बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको ९ जनाको टोलीले भारतबाट बिभिन्न सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भन्सार छलीका सामान बरामद गरेको हो ।
सामान ल्याउने व्यक्ति घटनास्थलबाट भाग्न सफल भए पनि प्रहरीले सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु ७१,८१५ बराबरको किराना सामान, दुइ लाख बराबरको मोटरपार्ट्स, ४२ हजार ६५० बराबरको कस्मेटिक सामान, ८ लाख ९ हजार २३५३ बराबरको ज्क्ष्ख् तथा अन्य सामान्य औषधि बरामद गरिएको हो ।
सशस्त्र प्रहरीको गस्ती टोलीले स्थानीय नाकाहरुमा नियमित जाँचका क्रममा यी सामान नियन्त्रणमा लिएको हो ।