रौतहट,रौतहटको देवाही गोनाही नगरपालिकामा बलात्कारको आरोपमा स्थानीय कांग्रेसका नेता पक्राउ परेका छन् । कांग्रेसका स्थानीय ५० वर्षीय नेता नागेश्वर कुश्वाहा गाउँकी एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
पक्राउ परेको कुश्वाहाविरुद्ध जिल्ला अदालत गौरबाट जर्बजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी ५ दिनको म्याथ थपेर ईलाका प्रहरी कार्यालय गरुडाले आवश्यक अनुसन्धान अघि बढाएको छ । ३ दिनअघि सामान किनमेल गर्न आफ्नो मोटरसाइकलमा महिलालाई बसाएर गरुडातर्फ जाने क्रममा बजार नपुग्दै किनारको काँसघारीमा लगेर कुश्वाहाले जर्बजस्ती करणी गरेको महिलाले प्रहरीलाई उजुरी दिएकी हुन् ।
महिलाले दिएको उजुरीकै आधारमा कुश्वाहालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताउनुभयो । प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ परीक्षण समेत भइसकेको छ ।