कलैया , ०५ भाद्र । नेपालको राजनीतिक अवस्था अहिले भयवाह अवस्थामा रहेको छ । ठुला ठुला दलहरू गुटबन्दीका कारण फुटिरहेको कुरा सबैलाई थाहा भएकै हो । यहि मौका छोपि नेपाल परिवार दल बाराले भने अहिले विभिन्न सामाजिक कार्यक्रम गर्दै अगाडि बढिरहेका देखिन्छ ।
नेपाल परिवार दल बाराले बाराको देवताल गाउँपालिका-४ पिप्राढीमा रक्षा बन्धन पर्वलाई लक्षित गरि विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । नेपाल परिवार दल पार्टी बाराको लागि भने विभिन्न पार्टीहरू फुटको भरपुर मौका उठाउदै अगाडि बढिरहेको देखिन्छ । नेपाल परिवार दलका बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा २५ घर विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको बारे पार्टीका प्रवक्ता उपेन्द्र पासवानले जानकारी दिए ।
विपन्न परिवारलाई कतरनी चामल १५ किलो , दाल १ किलो , मासदाल १ किलो , चिनी १ किलो , नुहाउने साबुन १ पिस , नुन १ किलो , मसाला ५०० ग्राम समाग्री रहेको थियो ।
कार्यक्रममा स्थानीय समाजसेवी अच्छेलाल रामको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा दलका जिल्ला सचिव गान्धी सहनी, रुना देबी, समाजसेवी रामबाबु साह लगायत विभित्र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियोे ।