निजगढ,नेकपा एमालेको निजगढ नगरपालिका वडा नं १, ११ र १२ मा वडा भेला बुधवार सम्पन्न भएको छ । वडा नम्बर १ मा भएको भेलाका बारा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्यका उम्मेदवार त्रिलोकीप्रसाद चौधरी रहनुभएको थियो ।

त्यसैगरी निजगढ ११ मा भएको भेलामा जिल्ला कमिटी सदस्य दिलबहादुर लामा, निजगढ नगर कमिटी सहसचिव थानेश्वर सापकोटा सहभागी हुनुभएको थियो भने वडा नम्बर १२ को भेलामा नेकपा एमाले बारा क्षेत्र नम्बर १ चुनाव प्रचार समितिका संयोजक भरतबहादुर भण्डारी, जिल्ला कमिटी सदस्य गोविन्द पौडेल र लिलादेबी खनालको उपस्थिति रहेको थियो ।

वडा नम्बर १ को भेलामा एमाले नेता जयराम कुवर, मिन लामा, ज्ञानु लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी गराउनुको बिकल्प नरहेको दावी बताएका छन । गठबन्धन सरकारबाट देशले निकाश नपाउने बताउदै अगामी चुनावमा एमालेलाई बहुमतका साथ बिजयी गराउन उनीहरुको आग्रह छ ।

जीतपुरसिमरामा ३० जना एमाले प्रवेश

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित पशुपती टोलमा विभिन्न पार्टी परित्याग गरी ३० जना एमाले प्रवेश गरेका छन् ।

नेकपा एकिकृत समाजवादी छोडेर एमालेमा फर्किएका युवा संघ जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष सोमलाल बम्जनको अगुवाईमा ३० जना एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहईन्चार्ज पुरुषोत्तम पौडेल, केन्द्रीय कमिटी सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज सरस्वतीदेवी चौधरी, बारा प्रदेशसभा ४(१) का उम्मेदवार देवनारायण चौधरी, एमाले नेता सुन्दर विकलगायतले पार्टीमा स्वागत गरेका थिए ।

एमाले प्रवेश गर्नेमा पुजा श्रेष्ठ, सजन लामा, विश्व मोक्तान, दीपेश खड्का, कृष्ण भुजेल, केशव कटुवाल, राजकुमार घिसिङ, किसान गुरुङ, मोहनी आचार्य, सोमबहारदुर ब्लोन, दीपक गाउली, बिमल पराजुली, अर्जुन बस्नेत, रामचन्द्र महत, जयकृष्ण हजार, निर्मला घलानलगायत रहेका छन् ।

एमाले वडा कमिटीका अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका नेताकार्यकताको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here