नरेश गुप्ता
बरियारपुर,महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरमा बिगत एक हप्ताअगाडि दुई पक्षबीच मारपिट झैझगडामा प्रहरीले एकहरो रुपमा मुद्दा दर्ता गरेको पीडितले आरोप लगाएका छन ।
संयीय समाजवादी पार्टीको केन्द्रीय कार्यक्रम अनुसार प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन र जुलुस प्रदर्शन गर्ने क्रममा विपक्षी नेकपा एमालेका कार्यकर्ता जयकिसुन यादव र वडा अध्यक्ष चन्दन साहको पक्षबीच झगडा भएको थियो । जुलुस प्रदर्शन गर्ने क्रममा संघीय समाजवादी पार्टीका कार्यकर्ताहरुले नेकपा एमाले समर्थकहरुको घरघरमा पुगेर विरोध प्रदर्शन गरेपछि प्रतिकारमा नेकपाको यादव पक्षले पनि विरोध गरेको थियो । दुबैपक्षबीच भएको कुपिटकको क्रममा जयकिसुन यादवलगायत दुईजना घाइते बनेका थिए । झडपको क्रममा स्थिति तनावपुर्ण भएपछि यादव पक्षले वडा अध्यक्ष साहको गाडीमा समेत तोडफोड गरेको थियो । घटना लगत्तै जिल्ला प्रहरी कार्यलय बाराबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमान्डमा पुगेको प्रहरी टोलीले स्थितिलाई समान्य पारेको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय बारामा दुबै पक्षको जाहेरी परे पनि बाराका प्रहरी प्रमुख दिपेन्द्र शाहीले एकपक्षीय रुपमा मुद्दा दर्ता गरेको पीडित जयकिसुन यादवले बताउनुभयो । राजनैतिक प्रतिशोध साध्न र नेकपा एमालेका कार्यकर्तालाई फसाउन खोजिएको युवा संघ बाराका पुर्व अध्यक्ष धु्रब यादवले बताउनुभयो । पीडित जयकिसुनले दिएको जाहेरी मुद्दा जिल्ला प्रहरी कार्यलय बाराले दर्ता नगरी फर्काइदिएको छ । एमाले कार्यकर्ता जयकिसुन यादव लगायत थप अन्यमाथि पनि भद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले अभद्र व्यवहारमा यादवमाथि मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

Leave a Reply