सिमरा,सशस्त्र प्रहरीले बाराबाट बिलबिजकभन्दा बढीको सामग्री लोड भएको ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस जीतपुरबाट प्रहरी निरीक्षक रवी थापा नेतृत्वको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ स्थित छातापिपराबाट ३० लाख २९ हजार ७ सय ५४ रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो ।
छिन्नमस्ता बाहिनीको विशेष सूचनाको आधारमा खटिएको टोलीले सामाग्री लोड रहेको ३० लाख मूल्य बराबरको ना ५ ख ७९२६ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको छ ।
बरामद सामाग्रीलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक रबी थापाले जानकारी दिनुभयो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायव निरीक्षक अजय रामको अगुवाइमा खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्ब्र ७ बस्ने वर्ष २० शेख अमरानको घरमा विशेष सुराकीको आधारमा खानतालिस गर्दा चोरीको दुई वटा मोटरसाइकाल बरामद भएको हो ।
घरमा लुकाएर राखिएको प्र–२–०३–० १३ प २४६७ नम्बर २२० सिसि र ना .३५. प . ५६६३ स्पेलेण्डर मोटरसाइकलसहित शेख आमरान समेतलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव निरीक्षक रामले जानकारी दिनुभयो ।