नरेश गुप्ता

बरियारपुर,बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव (उपन यादव) आफूले पाउने मासिक सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

जनप्रतिनिधिको सेवा सुविधाले राज्यलाई थप आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताउनुभयो ।

दोश्रो कार्यकालका लागि निर्वाचित मेयर यादवले आफनो सेवा सुविधा गरिब, असहाय, विपन्न वर्गका लागि खर्च गर्ने बताउनुभएको छ । मेयर यादवले उपमेयर तारादेवी कानुसहित वडाअध्यक्षहरुलाई समेत मासिक सेवा सुविधा नलिन आग्रह गर्नुभएको छ ।

Leave a Reply