कलैया,बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार शम्भुप्रसाद यादव नगर प्रमुख र उपप्रमुखमा सुनैना चौधरी निर्वाचित हुनुुभएको छ ।

यादवले निकटतम प्रतिस्पर्धी कांग्रेसका निवर्तमान अध्यक्ष भुनेश्वर चौधरीलाई २ हजार १ सय ९८ मतले पराजित गर्नुभएको हो । पराजित चौधरी अघिल्लो स्थानीय तह निर्वाचनबाट गाउँपालिका अध्यक्षम निर्वाचित हुनुभएको थियो ।

यादव ५ हजार ५९८ र चौधरीलाई ३ हजार ४ सय मत प्राप्त भएको थियो । यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले निकटतम कांग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गर्नुभएको छ । सुनैनाले ५ हजार ४ सय ३९ मत प्राप्त गर्नुभयो । भने, चित्ररेखाले ३ हजार १ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

 

देवताल गाउँपालिकामा जसपा विजयी

कलैया,बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टी विजयी भएको छ । अध्यक्षमा जसपाका ३५ वर्षीय उदयप्रसाद यादव विजयी हुनुभएको हो ।

निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंह भन्दा उदयले ६०१ मत बढी पाउनुभएको छ ।

उदयले चार हजार १७६ मत पाएर निर्वाचित हुँदा चन्दनले तीन हजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय देवतालले जनाएको छ ।

उपाध्यक्षमा जसपाकै सीतापती देवी यादव ४२०५ मत ल्याएर विजयी हुुनभएको छ । निकतम प्रतिस्पर्धी लोसपाको रामपति देवीले ३०७६ मत पाउनुभयो ।

७ वटा वडा रहेको देवतालमा जसपा र काँग्रेस ३÷३ वडामा विजयी हुँदा एउटा लोसपाले जितेको छ ।

वडा नं १, २, ३ मा क्रमशः जसपाका अरुण कुमार सिंह (४०६), मनरुदीन मिया ठकुराई (१३६१) र राम किशोरप्रसाद कुशवाहा (६३९) विजयी हुनुभयो ।

वडा नं ४, ५ र ७ मा नेपाली कांग्रेसका ललन कुमार यादव (४४४), सुरेश प्रसाद साह (७४७) र सतेन्द्र प्रसाद यादव (५८२) विजयी हुँदा वडा नं ६ मा लोसपाका सञ्जय कुमार (५८५) ले जित्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here