नरेश गुप्ता

बरियारपुर,बडादशैंको पहिलो दिन घटस्थापनको अवसरमा बाराका विभिन्न स्थानमा कलश यात्रा निकालिएको छ । दुर्गा भवानीको पूजा आराधनाको लागि घटस्थापनको दिन पारेर महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरस्थित दुर्गा पूजा समितिले बिहिबार बिहानै सयौं कन्या कुमारीहरुले कलश यात्रा निकालेका हुन । उनीहरुले पसहा नदीबाट जल ल्याएर घटस्थापनको जमरा राखेर पूजापाठ गरेका थिए । महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादव पनि घटस्थापनको कलश यात्रामा सहभागी हुनु भएको थियो । दुर्गा भवानीसंगै दुर्गा पूजा समिति बरियारपुरले झाँकी प्रतियोगिता, प्रवचन र जागरण कार्यक्रम पनि आयोजना गर्ने समितिका अध्यक्ष विजय चौरसियाले जानकारी दिनुभयो ।

त्यसैगरी बारा सदरमुकाम कलैयास्थित हनुमान मन्दिर, राजदेबी मन्दिर, सिसहनिया चौक, प्रसौनी चौक, भलुही चौक, सिम्रौनगढ, बघवन, गंन्जभवानिपुर, फेटा, कोल्हबीलगायतका स्थानमा पनि कलश यात्रा निकालिएको छ ।

हिन्दूहरुको महान पर्वको रुपमा रहेको दशै पर्व १० दिनसम्म दुर्गा भवानीको पूजा गरेर मनाइने गरिन्छ ।

यसैबीच बिहीबार घरघरमा विधिपूर्वक जमरा राखिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरुको महान् पर्व बडादशैंको पहिलो दिन ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाउने प्रचलन रहेको छ ।

नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ । घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ । विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ ।

खुवाप्रसौनीमा जलयात्रा

आर.के.चौधरी

सखुवाप्रसौनी,

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ औराहा पन्चगावामा घटस्थापनाको दिन बिहीबार नव रात्रीको लागि जलयात्र आयोजना गरिएको छ ।

श्रीनव दुर्गा समितिव्दारा पन्चरत माहादेव मन्दिर प्राङ्गणमा जलयात्रा आयोजना गरिएको हो । जलयात्रामा स्थानीय अबिबाहित कन्याहरुले पटेर्वासुगौली गाउँपालिकाको पर्यटकीय स्थल भौरीमाईबाट कलशमा जल बोकेर नव रात्रीको पूजा स्थलमा ल्याएका थिए ।

भौरिमाईबाट ल्याएको जल महादेव मन्दिरमा ल्याएर ९ दिनसम्म पूजा गर्ने चलन रहेको नव दुर्गा समिति अध्यक्ष शम्भु राउत थारुले जनकारी गराउनुभयो ।

Leave a Reply