कलैया,जिल्ला प्रशासन कार्यालय बाराले राजमार्गमा ढाँट राखेर कर तथा राजस्व संकलन नगर्न जिल्लाका पालिकाहरुसंग आग्रह गरेको छ।स्थानीय तहहरुले विभिन्न नाममा राजमार्गमा ढाँट राखेर कर असुली गरेको गुनासो बढेपछि बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जिल्लाका १६ वटै स्थानीय तहलाई मंगलवार पत्र पठाएर त्यसरी कर संकलन नगर्ने आग्रह गर्नुभएको हो ।
राष्ट्रिय राजमार्ग,सहायक राजमार्ग वा हुलाकी राजमार्गहरुमा स्थानीय तहहरुले कवाडी कर,प्रदुषण कर वा अन्य कुनै करका नाममा कुनै पनि सवारी साधनबाट कर–राजस्व नउठाउनरकसैलाई उठाउने स्वीकृति पनि नदिने भनिएको छ ।
स्थानीय तहले लगाउन पाउने करहरु संकलन गर्दा नेपालको संविधानको धारा १७ र २३६ को व्यवस्थालाई विचार पु¥याई धारा २२८ को (२) बमोजिम आफ्नो अधिकार क्षेत्र (अनुसूची ८) भित्रको विषयमा कानून बमोजिम कर उठाउने व्यवस्था हुन एवं कर संकलन गर्न ठेक्का पाएका ठेकेदारहरुलाई तोकिएको सर्तहरु नेपालको संविधान र प्रचलित कानुनसँग नबाझिने गरी गर्ने व्यवस्था मिलाउन पनि पत्रमा अनुरोध गरिएको छ।आर्थिक वर्ष २०८२÷०८३ को लागि पालिकाहरुले ठेक्का संझौता गर्दा ठेकेदार पक्षलाई राष्ट्रिय राजमार्ग,सहायक राजमार्ग र हुलाकी राजमार्गमा ढाँट,टेबल,घुम्ती राखी वा अन्य कुनै तरिकाले कर÷राजस्व उठाउने कार्य कानुन विपरित भएकोले सो व्यहोरा ठेक्का संझौताको सर्तमै स्पष्ट उल्लेख गरी सो व्यवस्थाको कार्यन्वयन गर्न समेत कार्यालयको पत्रमा उल्लेख छ।


















