निजगढ,ईलाका प्रहरी कार्यालय निजगढले ८३ किलो गाँजासहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १६ टाँगियाबस्तीका ४१ वर्षीय रुकबहादुर रुम्बा छन् । प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको बा ३७ प ९६८१ नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीका अनुसार बाराको रतनपुरतर्फबाट पिड्युमा बोराभित्र राखेको गाँजा बोकेर पूर्व–पश्चिम राजमार्गबाट काँटघाट मन्दीरको बाटो हुदै दक्षिणतर्फ जादै गरेको अवस्थामा रुम्बालाई पक्राउ गरिएको हो । गस्तिमा रहेको प्रहरी टोलीले सडक छेउमा मोटरसाइकल रोकेर राखिएको देखेपछि निगरानी बढाउदै जाँदा गाँजासहित रुम्बा पक्राउ परेका प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो । प्रहरी टोलीलाई देखेपछि जंगलभित्रबाट आउदै गरेको तस्कर समूहका अन्य भने फरार बनेको प्रहरीले बताएको छ । समूहमा ५÷६ जना तस्करहरु रहेको पनि ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । गाँजा छाडेर भाग्ने क्रममा रुम्बालाई पक्राउ गरिएको र अन्य फरारहरूको खोजी भइरहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here