नरेश गुप्ता

बरियारपुर,ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित टेढा रोडमा शंकास्पद अवस्थामा रहेका तीनजनालाई गाँजा सहित नियन्त्रणमा लिएको छ ।

मकवानपुर राक्सिराङ्ग गाउँपालिका २ बस्ने वर्ष २३ को सुमन रुम्बा, सोही ठाउँ बस्ने वर्ष २० को बिजय थिंग र वर्ष १९ को अखिल मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सडकमा उभिरहेको अवस्थामा पक्राउ परेको तीनै जनाको साथबाट चार वटा पोकामा लुकाइछिपाई राखेको अवैध लागुऔषध गाँजा १२ किलो बरामद गरिएको थियो ।

उनीहरुमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थमाइ अनुसन्धान भइरहेको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply