पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसबाट निर्वाचित चुतरबाबु वाग्लेले घरदैलोमा जनताले लगाइदिएको माला र अविरलाई माया मिसिएको जिम्मेवारीको बोझ भएको बताउनुभएको छ ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिने क्रममा वडा अध्यक्ष वाग्ले सुरु गर्नुभएको घरदैलो कार्यक्रमको शुक्रबार साँझ समापन गरिएको छ । उचिडी चोकमा घरदैलो समापन भेलालाई सम्बोधन गर्दै नवनिर्वाचित वडा अध्यक्ष वाग्लेले वडाबासीले दिएको जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्ने बताउनुभयो ।

वडाबासीको हितलाई सर्वोपरि ठानेर सबैपक्षसँग सहकार्य गर्दै अघिबढ्ने उहाँको भनाइ थियो । चुनाव जितेपछि आफु कुनै पार्टीको कार्यकर्ता नभई सबै जनताको प्रतिनिधि भएको भन्दै वाग्लेले कसैलाई काखापाखा नगरी कानुनले दिएको अधिकारको सदुपयोग गर्दै जनताको सेवा गर्ने बताउनुभयो ।

“यो तपाईहरुले मेरो घाँटीमा लगाईदिनु भएको फुलको माला र अविर मात्रै हैनन्, जिम्मेवारीको भारी पनि हो उहाँले भन्नुभयो, यो जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्ने छु । कहीँ बाटो बिराउन खोजे भने यहाँहरुले खबरदारी गरिदिनु होला ।”

स्थानीय निर्वाचनमा नेकपा एमालेका बसन्त खतिवडालाई ४३३ मतको फराकिलो अन्तरमा पराजय गर्दै वाग्ले प्यानल सहित पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले १२७१ मत पाउनुभएको छ उहाँको जीतसँगै नेपाली काँग्रेसले वडा नं. १८ मा ३० वर्षपछि ‘कमब्याक’ गरेको छ ।

उहाँ २०७४को निर्वाचनमा एमालेका अर्जुन प्रसाद दाहालसँग पराजित हुनुभएको थियो ।

Leave a Reply