सिमरा,अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई सडनडेथमा पराजित गर्दै संकटा क्लबले विश्वकर्मा सिमेन्ट ११औँ जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ ।

सिमरा रंगशालामा शनिवार भएको उपाधि भिडन्तमा पाहुना टोली एआरएलाई स्तब्ध पार्दै संकटाले जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको हो ।

रोमाञ्चक खेलमा संकटालाई उपाधि दिलाउने क्रममा सडन डेथमा साहिद स्मार्टले गोल गरे । क्यामरुनका काकाको प्रहार संकटाका गोलरक्षक राजा बाबु थापाले उत्कृष्ट बचाउ गरेपछि साहिद स्मार्टको गोलले संकटाले उपाधि उचाल्न सफल भएको हो ।

यसअघि निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाबईब्रेकरमा दुबै टिमले ४–४ को बराबरी खेलेपछि नजिता सडन डेथबाट निस्किएको हो ।

जीतपुरसिमरा गोल्डकपको दोस्रो पटक उपपाधि जित्ने टोलीमा नाम लेखाउन सफल संकटाले ट्रफिसहित ७ लाख नगद हात पारेको छ । उपविजेता अफ्रिकन रुट्स एसोसिएसनले तीन लाख ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नव जनजागृति युवा क्लबका मोहित गुरुङ घोषित हुनुभयो । उहाँले एक थान मोटरसाईकल हात पानुभयो । त्यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक संकटाका राजाबाबु थापा, उत्कृष्ट डिडफेन्स संकटाका अभिषेक लिम्बु, उत्कृष्ट मिडफिल्ड संकटाका रोशन पहरी, उत्कृष्ट प्रशिक्षक संकटाका राजकुमार केसी घोषित भए । यसैगरी उत्कृष्ट फरवार्ड एआरएका एन्जिमी घोषित हुनुभयो । उत्कृष्ट भएका सबैले जनही १५ हजार नगर हात पार्नुभयो ।

प्रतियोगिताको ईमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट नव जनजाग्रिति युवा क्लबका रोहन तामाङले जित्नुभयो । रोहनले पनि १५ हजार नगद प्राप्त गर्नुभयो । प्रतियोगिताको फ्लेयर प्ले टिम बागमती गाउँपालिका फापरबारी बन्यो ।

बिजेता, उपबिजेता र अन्य उत्कृष्ट खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती चौधरी, एन्फा महासचिव ईन्द्रमान तुलाधारले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply