कलैया,स्थानीयत तह निर्वाचनको परिणाम आउने क्रम जारी रहदा बाराका १६ मध्ये एक उपमहानगरपालिका सहित ४ वटा पालिकमा प्रमुख र ५ उपप्रमुख पदमा विजयी बनेर नेकपा एमाले बारा जिल्लामा पहिलो शक्तिको रुपमा उदाएको छ ।

०७४ सालको निर्वाचनमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हबी नगरपालिकामा मात्रै सिमित बनेको एमाले शनिवार साँझसम्म प्राप्त जिल्लाको १२ वटा पालिकाको सार्वजनिक परिणामअनुसार ४ वटा पालिकाहरुका प्रमुख उपप्रमुखमा विजयी बनेको हो । त्यसैगरी नेकपा माओवादी केन्द्रले १, जसपा २, काँग्रेस २, विवेकशील साझा पार्टी १, र २ पालिकामा लोसपाले जितेकोे छ ।

नेकपा एमालेले कलैया उपमहानगरपालिका सहित निजगढ नगरपालिका, परवानीपुर र प्रसौनी गाउँपालिकामा प्रमुख उपप्रमुख दुबै मुख्य पदमा विजयी बनेको छ । यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख मात्रै जितेको छ भने उपप्रमुखमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् ।

यसैगरी नेपाली काँग्रेसले सुवर्ण गाउँपालिका, कोल्हवी र महागढीमाई नगरपालिका दुबै प्रमुख पद प्राप्त गरेको छ । करैयामाई गाँउपालिका र देवताल गाउँपालिका जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको छ ।

मतगणना जारी ३ वटा पालिकामध्ये पनि पचरौता नगरपालिकामा एमालेले नै अग्रता बनाएको छ । आदर्शकोतवालमा नेपाली कांग्रेश तथा बारागढी गाउँपालिकामा जसपाको अग्रता छ ।

ती पालिकाहरुको मत परिणाम आइतवार विहानसम्म आईसक्ने निर्वाचन कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here