पोखरिया,किरण आँखा अस्पताल वीरगन्जले बिहीबार निःशुल्क आँखा शिवीर आयोजना गरेको छ ।
कृति डेभलपमेन्ट एन्ड स्किल प्रालिको सहयोगमा आयोजित शिवीरमा गर्मियाममा हुने धुलो, धुवा र वायु प्रदुषणलाई मध्यनजर गर्दै आँखा शिवीरको आयोजना गरेको संस्थाका अध्यक्ष निरज पटेलले बताउनुभयो ।
धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडी हेल्थ पोस्टमा आयोजित निःशुल्क शिवीरमा १ सय ५ जना आँखाका बिरामीले चेकजाँच गराएका थिए । जसमध्ये ३० जनामा मोतियाविन्दु फेला परेको थियो ।
शिवीरमा डा. सुरज चौधरी, चन्दन सहनी, कमलेस कुमार, अकलेश चौरसियाको टोलीले निःशुल्क आँखा चेकजाँच तथा उपचार गरेको थियो ।
मोतियाविन्दुका बिरामीहरुको सहुलियत दरमा शल्यक्रिया गरिने किरण आँखा अस्पतालले जनाएको छ । वडा अध्यक्ष मजिद मियाँको अध्यक्षता भएको आँखा शिवीरमा मनु पटेल, प्रदीप पटेल, रिना पसवान लागायतको उपस्थिति रहेको थियो ।



















