नरेश गुप्ता

बरियारपुर,स्थानीय तहको निर्वाचनमा महागढीमाई नगरपालिकामा प्रमुख पदमा ११ जना, उपप्रमुखमा ७ जनासहित २ सय ८८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

महागढीमाई नगर प्रमुखमा नेपाली कांग्रेसबाट उपेन्द्रप्रसाद यादव, उपप्रमुखमा तारा देबी कानु, नेकपा एकीकृत समाजवादीबाट अजमयद अली अंसारी उपप्रमुखमा ममता साह, स्वतन्त्र उम्मेदवार जगदेव साह लहेरा, नेपाल सदभवाना पार्टीबाट प्रदिप कुशवाहा, स्वतन्त्रबाट मुर्ली मनोहर साह, जसपा नेपालबाट रामबाबु यादव, उपप्रमुखमा अनिता दबी यादव, स्वतन्त्रबाट संजय कुशवाहा, स्वतन्त्रबाट रामबाबु कुशवाहा, जनमत पार्टीबाट शिव महतो, उपप्रमुखमा नगिनाल देबी, नेकपा माओवादी केन्द्रबाट सचिन कुशवाहा, उपप्रमुखमा सोसिलाकुमारी जैसवाल, नेकपा एमालेबाट राजाबाबु साह तथा उपप्रमुखमा पुष्पाण्जली देबीले उम्मेदवारी दर्ता गराएका छन ।

महागढीमाईमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला सद्स्य, पुरुष सद्स्य, दलित सद्स्य गरि जम्मा २ सय ८८ जनाले उम्मेदवारी दर्ता गराएका छन । महागढीमाई नगरपालिकामा प्रमुख दलका जनप्रतिनिधिहरु अन्य दलमा पार्टी प्रवेश गरि नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएसंगै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा रोमाञ्चक हुने देखिएको छ । महागढीमाईमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here