बरियारपुर,लुमन्ति आवासको लागि सहयोगी संस्थाद्वारा कलैया उपमहानगरपालिकाको विभिन्न वडामा नमुना बस्ति निर्माण गरेको जनाएको छ । बाराको कलैयामा लुमन्ति आवासको लागि सहयोगद्वारा आयोजित होली मिलन समारोहमा कार्यक्रम संयोजक अब्दुल कायस्थले कलैया उपमहानगरपालिका वडा ९ बैरिया र वडा ६ डोमबस्तिमा दुईदर्जन भन्दा बढी गरिब असहायको लागि नमुना बस्ति निर्माण गरेको जानकारी दिनुभयो । लुमन्तिले गत वर्ष ६३ लाख ६३ हजार ९ सयको लागतमा ५३ वटा घर निर्माण गरि असहाय व्यक्तिहरुलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादवको प्रमुख अतिथिमा भएको होली मिलन कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो ।