जियालाल चौधरी
कोल्हवी – बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरा हुने चाैथाे गाेल्डकपकाे सम्पूर्ण त्यारी भइसकेकाे आयाेजकले जानकारी दिए । सृजनशिल युवा क्लब पिपराको आयोजनामा पंचगछिया खेल मैदानमा हुन गइरहेको चौथो पिपरा गोल्ड कपको सम्पुर्ण तयारी अन्तिम चरनमा पुगेको बारे आयाेजकका अध्यक्ष वृजमाेहन चाैधरीले बताए ।
बुधबार १५ गते देखि सुरु हुन गइरहेको चौथो पिपरा गोल्ड कपको पहिलो दिन आयोजक टिम र बिरगंज युथ क्लब बिरगंज बिच भिडन्त हुने आयोजक समितिले जनाए । अनुमानित ५३ लाखको लागतमा हुन गइरहेको चौथो पिपरा गोल्ड कपमा बिरगंज युथ क्लब-बिरगंज, युनाइटेड क्लब-बिरगंज, बागमती-११, न.२ न. बाहिनी बर्दिबास, उदयपुर-११, हिमकस्तुरी टिम लाहान, हेटौंडा-११ मकवानपुर, युनाइटेड क्ल्ब सिमरा लगायतकाे टिमले सहभागी जनाउने भएकाे छ ।
गत वर्षको बिजेता एपीएफ क्लब र उपबिजेता सर्लाही-११ रहेकाे थियाे । खेलको उद्घाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा राज्य मन्त्री उषा कुमारी यादवले गर्ने क्लबका अध्यक्ष चौधरीले जानकारी दिए । प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ । यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ५ हजार तथा सिल, मेदल र प्रमाण-पत्र प्रदान गर्ने सुनाए ।
माघ १५ गते बुधबार देखि सुरु हुने खेल २३ गते बिहिवार सम्म रहने र उक्त खेलमा महिलाहरुको लागि निसुल्क पासकाे व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए । उक्त कार्यक्रमको सहयोगी हातहरु मुख्य सहयोगी करैयामाइ गाउँपालिका , स-सहयोगी कोल्हबी नगरपालिका , सहयोगीहरु निजगढ नगरपालिका , एन सि सि बैंक, नमुना इटा लगायतका अन्य संस्थाहरु रहेका छ्न् ।