वीरगन्ज,पर्सा जिल्लामा ६ महिनाको अवधिमा ५९ वटा मानव अधिकार उल्लंघनका घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्ध बार्षिक पूर्वसमीक्षा गोष्ठीमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी दिइएको हो । इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले पर्सामा पुस १५ देखि असार १५ गतेसम्म पर्सामा बिभिन्न ५९ वटा मानव अधिकार उल्लंघनका घटना भएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्सामा जवरजस्ती करणीका १८ वटा, जर्वजस्ती करणी उद्योगका चारवटा, कर्तब्य ज्यानका १० वटा, अपहरण सम्बन्धी कसुरका २५ वटा, बालविवाह दुईवटा, अप्राकृतिक मैथुन एउटा, गर्भसंरक्षण बिरुद्धको कसुर एक, बोक्सी आरोप एक, मानव बेचबिखनको एक तथा मेडिकल संचालकमाथिको आक्रमण एक र बाल यौंन दुब्र्यवहारको घटना तीन गरी ५९ वटा घटना भएको हो । मानव अधिकार निगरानी समूह पर्साका संयोजक तबरेज आलमको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, प्रेस काउन्सीलका सदस्य लालबावु शेष, पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जरा, पत्रकार महासंघ पर्सा जिल्ला अध्यक्ष अनुप तिवारी, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाँण्डे, नेपाली काँग्रेसका सचिव श्याम पेटल, एमालेका नेता प्रभु हजरा लगायतले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम शिवनाथ यादवको सहजीकरणमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here