निजगढ,नेकपा एमाले निजगढ नगर कमिटीले आगामी निर्वाचनको प्रचार प्रशार गर्न १ हजार १ सय ११ सदस्यीय चुनव प्रचार मुल समिति गठन गरेको छ ।
मंगलवार भएको एमाले कार्यकर्ता भेलाले नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य अम्बिका चौलागाईको संयोजकत्वमा चुनाव प्रचार मूल समिति गठन गरको हो । समितिको सहसंयोजकमा लिलादेबी लामिछाने र सचिवमा तिलक घलान रहेका छन ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै नेता पौडेलले एमाले विरुद्ध हाल चौतफी घेराबन्दी र आक्रमण भइरहेको भन्दै कार्यकर्ताहरुलाई एकतावद्ध भएर अघि बढन आग्रह गर्नुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा निजगढ नगरका सबै तहमा एमालेका उम्मेदवारहरु विजयी हुनुको विकल्प नभएको बताउनुभएको थियो ।
नगर कमिटी अध्यक्ष एंव निजगढ नगरपालिकामा एमालेको तर्फबाट मेयर पदका प्रतयासी सुरथ परी र उपाध्यक्ष पदकी प्रत्यासी मुना थिङ्गले पनि बोल्नुभएको थियो । मेयर पदका उम्मेदवार पुरीले निजगढको चौतर्फी विकासको लागि एमालेको जित अपरिहार्य रहेको बताउदै कार्यकर्ताहरुको सबै ध्यान आगामी निर्वाचनमा पार्टीलाई विजयी तुल्याउने योजनामा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।