बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीमा शुक्रबार धान खेतमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।स्थानीय ५३ वर्षीय टीकाबहादुर खनाललाई धान खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।



















