कृपा संंवाददाता
मन्हर्वा , ३ मंसिर । श्रोत नखुलेको अवैध रकम सहित बारा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले ३५ लाख ५० हजार नगद सहित नियन्त्रणमा लिएकालाई मंगलबार रकम सहित सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सिम्रौनगढ नगरपालिका वडा नं.७ झवानीटोलका ढोढाई महतो नुनियाको छोरा २३ वर्षिय छोरा सुनिल महतो नुनिया र सोही ठाउँका शर्मानन्द दुबेका २२ बर्षिय छोरा राजन कुमार दुवे रहेका छन् ।
विशेष सुचनाका आधारमा पचरौता नगरपालिका वडा नं.८ लंगडाचोक नजिकैबाट सोमबार दिउँसो उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सुरक्षा प्रहरी वेश क्याम्प लंगडाचोक तथा प्रहरी विशेष ब्यूरो समेतबाट खटिएको संयुक्त टोलीले ना २६ प १६४९ नंबरको मोटरसाईकलमा सवार रहेका नुनिया र दुवेलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुको साथमा रहेको खरानी रंगको झोला भित्र नेपाली रुपैया एक हजार दरका १२०० थान र पाँचसय दरका ४७०० थान गरी ३५ लाख ५० हजार रुपैया फेला परेको बारा प्रहरीले जनाएको छ ।

रकमको स्रोत खुल्न खुलेको छैन । पक्राउ परेकाहरुको साथमा रहेको मोबाईलका तस्वीर तथा कल रेकर्ड नियाल्दा विभिन्न बैंक तथा वित्तिय संस्थाका चेक तथा भौचर भेटिएको छ । करोडौंको अबैध हुण्डी कारोबार भैरहेको अनुमान गर्न सकिने प्रमाणहरु समेत फेला परेका छन् , बाराका प्रहरी नायव उपरिक्षक रंजितसिंह राठौरले जानकारी दिए । निजहरु उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि कसूर, २०७३ अन्तर्गत कसुरमा जिल्ला अदालत बाराबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप भै अनुसन्धान तथा कारवाही भईरहेको उनले बताए ।
त्यस्तै प्रहरीले वन मुद्दामा १ वर्ष कैद ठहर भई फरार रहेका हाल जितपुरसिमरा उ.म.न.पा वडा नं.१९ बस्ने कपिलदेव नुनियाको छोरा प्रयाग नुनियालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला अदालत बाराले २०६१ चैत्र १६ गतेको फैसला आदेशपछी परार रहेका नुनियालाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ नियन्त्रण लिएको हो । गाउँमै लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरी जिल्ला अदालत मार्फत तोकिएको कैद भुक्तानका लागी कारागार कार्यालय बिरगंज पठाईएको प्रहरी प्रवक्ता रंजितसिंह राठौरले जानकारी दिए ।