नेपालमा अहिले एक प्रकारको वहस भइरहेको छ । श्रीलंकामा भएको जस्तो आर्थिक मन्दीको अवस्था नेपालमा पनि आउला कि भन्ने कुराको पनि चिन्ता बढेको छ । तर अहिले नेपालका केही नेताहरु र सत्तामा रहेका समेत दलहरुले नेपालको अर्थतन्त्रलाई श्रीलंकाको जस्तो अवस्था आउन दिइने छैन पनि भनेका छन् । तर व्यवहारमा यस्तो देखिएको छैन ।

व्यवहारमा त नेपाली अर्थतन्त्र डामाडोल छ । अहिले बैंकमा पैसा छैन तर अर्थमन्त्री जनार्दन शर्मा भन्दैछन् पैसा सिरानीमुनी छ । उनको यो कुरा सुन्ने हो र बिश्वास गर्ने हो भने उनी नेपालका असफल अर्थमन्त्री हुन् भन्ने कुराको पुष्टी हुन्छ । ब्यवहारमा त बैंकमा पैसा नभएको धेरै भयो ।

यस्तो आर्थिक अभाव नेपालमा कमै थियो । बैंकहरुमा पैसा नभएको अवस्था थिएन । धेरथोर बैंकहरुले लगानी गरेकै थिए तर पनि अहिले भने मन्दीकै अवस्था छ । यस्तो अवस्थामा अर्थमंत्रीको कुराले अर्थतन्त्र सहज हुने अवस्थामा विश्वास पनि छैन । त्यसैले बिग्रिएको अर्थतन्त्र कहिले सप्रिएला र खोइ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here