गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पिपरा बजारमा सोमवार सरस्वती पूजाको अवसरमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि करैयामाई गाउँपालिकाका पूर्वअध्यक्ष भुनेश्वर धामीले रिबन काटेर उद्घाटन गर्नुभयो ।

सो अवसरमा विद्यालयका पूर्व उत्कृष्ट शिक्षक तथा पूर्व प्रधानाध्यापकहरू राम नरेश जयसवाल, पुनितलाल चौधरी, रामजचु चौधरी, कारीप्रसाद चौधरी लगायतलाई विद्यालयले विशेष कार्यक्रम आयोजना गरी सम्मानपूर्वक बिदाई गरेको छ । शिक्षक÷शिक्षिकाहरूलाई विद्यालयका तर्फबाट फूलमाला, गम्छा, दोसल्ला ओढाएर उच्च सम्मानका साथ बिदाई गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमेश चौधरी, सहायक प्रधानाध्यापक अमरेशप्रसाद चौधरी, बाल विकास शिक्षिका शर्मिला चौधरी, सञ्चारकर्मी राजन चौधरी तथा विद्यालयका सम्पूर्ण शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी एवं स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य महेन्द्रप्रसाद कामीले गर्नुभएको थियो भने सञ्चालन शिक्षक अजीज आलाम अंसारीले गर्नुभएको थियो ।

Leave a Reply