कलैया,परालमा लागेको आगो सल्केर आँपको बगैचामा डढेलो लाग्दा बाराको महागढीमाई नगरपालिका– ९ पिप्राविर्तामा लाखौंको क्षति भएको छ ।शनिवार दिउँसो ३ः४५ बजे परालको आगो सल्केर बगैचामा आगो लागेको थियो । महागढीमाई नगरपालिका वडा नम्बर ९ का पत्रकार पन्नालाल दास र निजको आमा उनपी देवीको नाउँमा रहेका १० कट्ठा क्षेत्रफलको आँपको बगैचामा स्थानीय सुकन राउत कुर्मीले राखेको परालको कुन्यूमा लागेको आगो सल्केर बगैचामा आँपका रुखहरु डढेका हुन ।आगलागिबाट करिब २ लाख बराबरको क्षति भएको संचाररकर्मी दासले बताउनुभएको छ । आगलागीबाट साना ठुला गरि १० वटा रुख डढेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।बरियारपुर नगरपालिकाकी उपमेयर तारादेवीको पहलमा नगरपालिकाबाट गएको दमकल (फायर व्रिगेड) आगो नियन्त्रणमा लिएको थियो ।



















