करिब एक महिनाअगाडि मात्रै गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सुधन गुरुङ्गको गृहमन्त्रीबाट बर्हिगमन भएको छ ।यो अप्रत्याशित जस्तै लागने घटना हो । पाँच वर्षका लागि भनेर गृहमन्त्री बन्नुभएका सुधनको एक महिनामा नै बर्हिगमन होला भनेर कसैले नसोचेको कुरा हो । अनि उहाँ आफै निर्कै सुशासनको कुरा गर्ने व्यक्ति पनि हुनुहुन्थ्यो ।
भ्रष्टाचारको आरोपमा करिब एक महिनाको यो अवधिमा धेरैजना पक्राउ पनि परे तर धेरैजना छुटे पनि । यद्यपि गृहमन्त्रीले काम गर्न खोजेको हो कि हल्ला मात्र गर्न खोजेको हो भन्ने कुरा चैं बहस भइरहेको छ ।

आफू सही नभएर अर्कालाई प्रश्न उठाउने कुरा स्वभाविक नभएको कुरा बाहिर आएपछि अन्ततः बुधबार सुधनले मन्त्रिपरिषदबाट बर्हिगमन हुनुप¥यो । लामो समय मन्त्रालयमा रहेर महत्वपूर्ण काम गर्ने लक्ष्य लिनुएका गृहमन्त्री गुरुङ्गका लागि मात्र नभइ केही गर्ने सोच भएका र केही गर्लान् भन्ने लागेकाहरुका लागि भने राम्रो भएको छैन ।देशमा केही सुधार हुन आवश्यक छ । कसैप्रति पूर्वाग्राही नभइ गरेको कामको सबैले प्रशंसा गर्ने हो नै हो । तर नेपालको यो भ्रष्टाचारको जालो सफा नभएको कुरा यसै प्रष्ट हुन्छ ।

जे भएपनि सुधनले नैतिकता देखाएको नै देखिन्छ । विगतमा यस्ता प्रश्न उठेपछि सरकारले जोगाउने गरेका उदाहरणहरु छन् । वर्तमान सरकारले त्यसो गरेर । यो पनि ठीकै हो । बरु हालका लागि गृहमन्त्रीलाई हट्नका लागि भन्यो र सुधन बाहिरिन परेको छ तर फेरि सुधनका लागि गृह मन्त्रालय खुला पनि राखिएको छ । जे होस् काम गर्नेका लागि सहज छैन र नेपालमा कोही चोखो पो छैन कि भन्ने कुरा सुधनको राजीनामा प्रकरणले यही नै देखाएको छ ।

Leave a Reply