करैयामाई,बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ स्थित चेरवन्त पथरामा जारी चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिमा श्रीगोपाल प्रगतिशील क्लब जुअवा र श्रीनवयुवा समाज सरोकार क्लब दुधिहावाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिता अन्तरगत बिहीवार भएको दोस्रो सेमीफाईल खेलमा तराई ब्वाईज युवा क्लब पडरीलाई १÷० ले हराउदै दुधिहवाले फाइनल यात्रा तय गरेको हो ।

श्री न्यू तीलगंगा युवा क्लबको आयोजनामा र बारागढी गाउँपालिकाको सहयोगमा जारी प्रतियोगिताको बिहीवारको खेलमा म्यान अफ द म्याच बिनोद चौधरीले प्राप्त गर्नुभएको छ ।

प्रतियोगिता अन्तरगत आगामी २६ गते शनिबार फाईनल खेल हुने आयोजक तील गंगा युवा क्लबका अध्यक्ष कृष्णमणि चौधरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here