सिमरा,आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा सुदूपश्चिम ११ लाई १÷० ले पराजित गर्दै आयोजक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

 

आयोजकको जितमा सुनिल खड्काले निर्णायक गोल गरे । खेलको ५० औं मिनेटमा खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक गोलको मद्दतले आयोजक सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो ।

उद्धाटन खेलमा फ्रेण्ड्स क्लबमाथि ३÷१ को जित निकाल्दै सुदूपश्चिमले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । फ्रेण्ड्समाथि सहज जित निकालेको सुदूरपश्चिमले जनजागृति विरुद्ध भने आकर्षक खेल पस्कन सकेन् । सुरुवातदेखी नै दवावमा देखिएको सुदूपश्चिमविरुद्ध जनजागृतिले लगातार आक्रामक खेल प्रदर्शन गरेको थियो ।

डोना थापासहित ए डिभिजन क्लबका र स्थानीय खेलाडी सम्मिलित टिम लिएर मैदानमा उत्रिएको आयोजक सुरुवातदेखि नै उत्कृष्ट लयमा देखियो । सुदूरपश्चिममाथि हावी बन्न सफल आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर सदुपयोग गर्न सकेन् ।

सुदूरपश्चिमले खेल सुरु भएको दोस्रो मिनेटमै उत्कृष्ट अवसर गुमाउन पुग्दा आयोजक हावी हुन पुगेको हो । सुदूरपश्चिमका विनोद केसीले डिबक्सभित्र पाएको बललाई पोष्टको दिशा दिन सकेनन् । विनोदले बल नियन्त्रणमा लिन नसक्दा जनजागृतिका रक्षापंक्ती सम्हालेका यानिक केट्चाले क्लियर गरेका थिए ।

आकर्षक अवसर गुमाएको सुदूरपश्चिमले त्यसपछि खेलमा राम्रो अवसर बनाउन सकेन् । पहिलो हाफ जनजागृतिले आफ्नो नियन्त्रणमा लिएपनि फिनिसिङ्ग पक्ष भने कमजोर देखिएको थियो । खेलको १० औं मिनेटमा सुनिल खड्काको उत्कृष्ट प्रहार क्रसबार नजिकैबाट बाहिरिन पुगेको थियो ।

गेम मेकरको भूमिकामा देखिएका डोनाले खेलको १३ औं मिनेटमा सुनिल खड्कालाई अर्को अवसर बनाए ।

सुदूरपश्चिमको रक्षापंक्तीलाई झुक्याउदै डोनाले निकालेको पासमा सुनिल गोल गर्न चुके । उनको फितलो प्रहारलाई सुदूरपश्चिमका खेलाडी नियन्त्रणमा लिएका थिए ।

खेलको २७औं मिनेटमा जनजागृतिले अर्को अवसर गुमायो । डोनाको क्रस बललाई आयोजकका मोहित गुरुङ्ग गोल गर्न चुके । आयोजकले लगातार अवसर बनाइहदा सुदूरपश्चिम भने दवावमा देखिन्थ्यो । झण्डै पाँच हजार घरेलु दर्शकको समर्थन पाएको आयोजकविरुद्ध सुदूपश्चिमका पासा» लामाले ३४औं मिनेटमा राम्रो अवसर बनाएपनि गोलरक्षक सन्तोष महतले नियन्त्रणमा लिएका थिए ।

उत्कृष्ट तालमेलमा देखिएको जनजागृतिले दोस्रो हाफमा पनि उस्तै प्रदर्शन गरेको थियो । दोस्रो हाफको सुरुवातमै सुनिल खड्काको गोलले अग्रता लिएपछि जनजागृति उत्साहित देखिन्थ्यो । अफ्रिकी मुलका दुई खेलाडीले सम्हालेको रक्षापंक्तीको घेरा तोड्न सुदूरपश्चिम पूर्णरुपमा असफल देखियो ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि जनजागृतिका हेमन्त थापा मगर, सुनिल खड्का, मोहित गुरुङ्गले थुप्रै अवसर चुकाएका थिए । खेलको ८३ औं मिनेटमा डोना थापाले गरेको उत्कृष्ट प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक आकाश बुढाले बचाउँ गरे ।

खेलमा डोना थापाले गरेको दुई वटा गोलले मान्यता पाएन् । पहिलो हाफ र दोस्रो हाफमा उनले गोल गरेपनि रेफ्री नविन्द्र महर्जनले अफ घोषित गरेका थिए । उत्कृष्ट लयमा देखिएका डोनाको दुई वटा गोलले मान्यता नपाएपनि आयोजकले खेलको ५०औं मिनेटमा सुनिल खड्काले गरेको गोलको मद्यतले जित हात पार्दै अघिल्लो यात्रा तय ग¥यो ।

सुनिल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलवार साविक बिजेता संकटा क्लब र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।

Leave a Reply