वीरगन्ज,विश्व हिन्दु परिषदले ५७ औं अन्तर्राष्ट्रिय स्थापना दिवस र श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार वीरगन्जमा भगवान श्रीकृष्णको शोभायात्रा निकालेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवाबाट निकालिएको शोभायात्रा रेल्वे रोड हुदै विर्ता, अलखियामठ, आर्दशनगर, घडिअर्वा, माईस्थान, घण्टाघर हुदै पुःन गहवाको श्रीकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।

शोभायात्रा पश्चात श्रीकृष्ण मन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषदका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले विश्व हिन्दु परिषदको दृष्टिमा कोहि पनि जाति सानो वा ठूलो नरहेको भन्दै आफनो धर्म संस्कृति जोगाउँन सम्पूर्ण हिन्दुहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा निकालिएको शोभा यात्रामा विश्व हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष ओम प्रकाश साह, जिल्ला सचिव कृष्ण मोहन सहाय, वीरगन्ज महानगर अध्यक्ष बृजेश मल्लिक, जिल्ला सदस्य मोहन पटेल, अजय सिंह लगायतको पनि सहभागिता रहेको थियो ।

यस्तै वडा नम्बर ८ मा सन्चालनमा ल्याइएको परिषदको कार्यालयको पनि सोमबार नै उद्घाटन गरिएको छ । गहवास्थित भिमसेन मन्दिर अगाडि रहेको परिषदको कार्यालयको उद्घाटन परिषदका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले विधिवत रुपमा पूजापाठ गरी गर्नु भएको हो । कार्यक्रममा हिन्दु स्वयंसेवक संघका राष्ट्रिय प्रचारक बेद प्रकाश , संघका जनकपुर संवाहक रन्जीत साह, परिषदका युवा कार्यकर्ता अमन साह, सागर सर्राफ, राज सोनी लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

यस्तै जन्माष्टमीका दिन सोमबार वीरगन्जको गीता मन्दिरमा पनि पूजापाठ गर्नेहरुको भिड लागेको थियो । यस्तै पर्साको पर्सागढी नगरपालिकामा रहेका श्रीकृष्ण मन्दिरहरुमा पनि सोमबार पुजापाठ गर्ने भक्तजनहरुको भिड लागेको थियो ।

पर्सागढी नगरपालिका अन्तर्गत रहेको बडनिहार, रामटोल, बर्वाटाडिमा रहेका श्रीकृष्ण मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको हो । वडा नम्बर ३ पकडिया बडनिहारमा रहेको कृष्णमन्दिरमा मेला पनि लागेको थियो । यसअघि भदौ ७ गते बसेको वडाका अगुवाहरुको भेलाले भने कोरोना महामारीको उच्च जोखिम अझै पनि रहेको भन्दै कृष्ण जन्माष्टमीका दिन मेला लाग्न नदिने निर्णय गरेको थियो । तर सोमबार पकडिया बडनिहारको कृष्णमन्दिरमा मेला लागेको हाम्रा सम्बाददाता कृष्ण मोहन साहले जानकारी दिनुभएको छ ।

मन्दिरमा बिगत ४० वर्षदेखि श्रीकृष्ण जन्माष्टमीका दिन मेला लाग्दै आएको छ । सोमबारका दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । तर यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिएको छ । विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथ यात्रा निकाल्ने चलन पनि यस वर्ष कोरोना माहामारीका कारण प्रभावित भएको छ ।

पुराणमा कृष्णचरित्रको अपव्याख्या

विदुर खडका

डुमरवाना, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र सिमराकी प्रमुख मधु दिदीले भागवत पुराणहरुमा कृष्णको चरित्रको अपव्याख्या गरी भ्रम फैलाउने कार्य भएको बताउनु भएको छ । उहाँले पुराणको केही अंशले भगवान कृष्णलाई चरित्रहिन देखाउन खोजिएको भएपनि माहादेव शिव बाबाले संन्सारका सबै देबताहरुको चरित्रको परीक्षा गर्दा श्रीकृष्ण पहिलो भएकोले नै मानव जातिले कृष्ण जन्मजयन्ति मनाउन थालेको बताउनुभयो ।

आजको कलियुग र इन्टरनेटको युगमा रमाउनेहरुले कृष्णलाई पनि आफु अनुसार व्याख्या गरेको र पुराणका लेखक व्यासले पनि भ्रमपूर्ण कथा लेखेर चरित्रहत्या गरिएको मधुको दाबी छ ।

अर्को फरक प्रसङ्गमा मधुले श्रीकृष्णले १६ सय गोपिनीहरुको सारी लुकाएको प्रसंग जोडेर नारी अस्मितामा आँच पुग्ने कुरा गरेर कृष्ण भगवानलाई बदनाम गर्न खोजिएको पनि बताउनुभयो ।

भगवान कृष्णले नारी जातिलाई आफना गोप्य अंगहरु देखाउन नभइ त्यसको व्यवस्थापन गर्न संन्देस दिएको पनि मधु दिदीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here