जिल्लामा अक्सिजनको छैन अभाव, पालिकाहरु समेत कोरोना नियन्त्रण गर्नमा जुटे

पुष्पराज खतिवडा
बारा
१ जेष्ठ २०७८ शनिबार
कोरोना संक्रमणबाट मर्नेमा पुरुषको संख्या अधिक पाईएको छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट शनिबार मध्यान्न सम्म मर्ने ७७ जनामा मानिसमा ६० जना पुरुष छन् , भने १६ जना महिला ।
दोस्रो लहरको संक्रमणबाट आज सम्मको तथ्यान्क हेर्दा महिलाको तुलनामा मृत्यु हुने पुरुषको संख्या अधिक छ । ४४ जनामा कोरोना संक्रमितको ज्यान जाँदा ३५ जना पुरुष मात्रै छन् भने महिलाको संख्या ९ छ । यस्तै पहिलो लहरको संक्रमरणबाट ज्यान गुमाउने ३३ जना थिए । जसमध्ये ७ महिलाले ज्यान गुमाउँदा पुरुषको संख्या २६ थियो ।
संक्रमित हुनेहरुमा समेत महिलाको तुलनामा पुरुषको संख्या अधिक रहेको पाईएको छ । जिल्ला जनस्वाथ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार पुरुषहरुको पारिवारिक जिम्मेवारी, दौडधुप, नचाहँदा नचाहँदै पनि बाहिर निस्कनु पर्ने बाध्यता हुनसक्छ । यस्तै जथाभावि निस्कने, मास्क नलगाउने, रोगलाई सामान्य लिने जस्ता लापरवाही पनि महिलाको तुलनामा अधिक पुरुषहरुमै पाइने गरेका यावद बताउनु हुन्छ ।
दोस्रो भेरियन्टको कोरोनाको संक्रमण ९ सय ७७ जनामा पुष्ठी भएको छ । संक्रमण देखिएकामा ७०८ जना पुरुष र २६९ जना महिला भएको जनस्वास्थ कार्यालय बाराले जनाएको छ ।
शनिबार मात्रै यो समाचार तयार पार्दै गर्दा ६२ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ५ जना प्रहरी जवान र बाँकी ९७२ जना सर्वसाधारण रहेको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम् मिश्रका अनुसार संक्रमित ११ महिला र २६ पुरुष सहित ३७ जना विरगजं र काठमाण्डौंमा उपचारत छन् । ९३५ जना सर्वसाधारण भने होमआइसुलेसनमै रहेका उनले जानकारी दिए ।
दोस्रो भेरियन्टको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको छ । स्वास्थ्य सेवासँगै दुध तरकारी,खाध्यान्न लगायतका अत्यावस्यक बाहेकका सबै सेवा बन्द गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुलाई निश्चीत समय दैनिक रोटेसनका आधारमा खोल्न भनिएको छ । आवागमन ठप्प पारिएको छ ।
स्थानिय संघसंस्था र पालिकाहरु अक्सीजन, आईसुलेसन ब्यवस्थापनमा जुटे
कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेसँगै स्थानिय संघसंस्था र पालिकाहरु अक्सीजन, आईसुलेसन ब्यवस्थापनमा जुटेका छन् । जितपुरसिमरा उपमहानगरपालिकाले सिमरामा ३५ बेडको आईसुलेसन शनिबारबाटै संचालनमा ल्याएको छ । यस्तै कलैया उपमहानगरपालिका , महागढिमाई नगरपालिका, निजगढ नगरपालिका, सिम्रौंनगढ नगरपालिका लगायत जिल्लाका १६ वटै पालिकाले २ सय बढिको संख्यामा आईसुलेसन बेड तयार गरी संचालनमा ल्याईएकोे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । यस्तै उद्योग बाणिज्य संघहरु , लायन्स क्लब, यूवा समाज तथा सामाजिक संघ संस्थाहरु समेत संक्रमितको उपचार र संक्रमण रोकथाम तथा ब्यवस्थापनमा जुटेको उनले बताए ।
जिल्लामा अक्सिीजनको समस्या छैन ःप्रजिअ
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लामा अक्सिीजनको कुनै समस्या छैन । समस्यामा परेका विरामी अस्पताल आउनुहोस् अक्सिीजनको समस्या हुन दिईने छैनौं । आवश्यक मात्रामा जिल्लामा अक्सिजनको जिल्लामा प्रवन्ध रहेको उनले बताए । कालाबजारीयाहरुको अफवाहमा नपर्न सर्वसाधारणहरुमा उनले आग्रह गरे ।

Leave a Reply