दुष्यन्त चौधरी
कलैया – सोमबार बाराको कलैया बजारमा रहेका माछा मासु पसलमा बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेलको निर्देशनमा अनुगमन भएका छन् । बेला बेलामा व्यपारीहरूबाट ठगिने गरेका हुनाले बजारको अनुगमन गरेको हो ।
साथै सामानको गुणस्तरीय , सरसफाइ , पसलको नाम , मूल्य सूचि तथा व्यवसाय दर्ता रहेको नरहेको बारे अनुगमन गरिका बारे कलैया उपमहानगरपालिकाका पशु विकास अधिकृत महबुब अंसारीले जानकारी दिए ।
अनुगमनमा कलैया उपमहानगरपालिकाका जलन्धर प्रसाद यादव , जयराम साह , गोविन्द गुप्ता , भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बारा पर्साका मत्सय विकास अधिकृत सहतराम मौर्य , जिल्ला प्रशासन कार्यालय बाराका गोविन्द बहादुर कार्की लगायतको सहभागीता रहेका थिए ।