काठमाडौँ, प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित हुनुुभएको छ ।आज बिहान सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा ज्येष्ठ सदस्य अर्जन नरसिंह केसीले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्सालले बैठकमा आआफ्नो धारणा राख्नुभएको शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिको रुपमा क्रियाशील हुनुहुन्छ ।फागुन २१ को निर्वाचनमा उहाँ काठमाडौँ– ९ निर्वाचन क्षेत्रमा निर्वाचित हुनुभएको थियो ।

















